
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पन्डोरा पेपर्समा पाकिस्तानका धनाढ्यहरुको नाम सार्वजनिक गरेपछि त्यसको छानविन गर्ने बताएका छन् ।
विश्वका चर्चित नेता र अर्बपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा रहेको खुलासा गरेकोमा पाकिस्तानका सय भन्दा बढीको नाम उक्त पेपरमा परेको छ ।
बहालवाला मन्त्रीमण्डलका सदस्यहरुको नाम पनि उक्त सूचिमा परेपछि प्रधानमन्त्री खानको आलोचना भएको छ । पाकिस्तानका धनाढ्य र पदमा रहेका ब्यक्तिहरुले अथाह सम्पति गोप्य तरिकाले राखेको दाबी पेपर्समा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्