
एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा चेन्नाई सुपर किङ्सलाई हराउँदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा उक्लिएको छ ।
दुबईमा गएराति सम्पन्न खेलमा दिल्लीले चेन्नईलाई ३ विकेटले हरायो । चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो ।
उसका लागि शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाए । चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २÷२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको चेन्नाईका अम्बाती रायडुले अविजित ५५ रन बनाएपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन जोड्न सकेको थियो ।
बलिङतर्फ दिल्लीका अक्षर पटेलले २ विकेट लिए । यो जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । उसको १३ खेलबाट २० अंक भएको छ ।
समान खेलबाट १८ अंक जोडेको चेन्नाई दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्