१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृष्णनगरमा झाडाबान्ता फैलिदै


0
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडावान्ताका विरामी बढिरहेका छन् । वडा नम्बर ७, ८ र ९ मा त्यस्ता विरामी बढेका हुन ।

शिवराज अस्पताल बहादुरगंजमा अहिले एक सयको हराहारीमा विरामीहरू रहेको अस्पताल प्रशासनले जनाएको छ । साथै निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको छ ।

नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडा पखालाका बिरामी बढ्दै गएका छन् । झाडा बान्ताले दुई जनाको ज्यान गएको छ ।