१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली भएर प्रदेश–२ का धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० डग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४६ मिनेटमा हुनेछ ।