
फाइल तस्बिर
काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज जान लागेको श्री एअरलाइन्सको विमावन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे बाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ ।
श्री एअरको विमान SHA४२१ उडान भर्नका लागि यात्रु भरेर रनवेमा निस्कने क्रममा जहाजको एकापटिको पांग्रा चिप्लिएर घासे मैदानमा धस्सिएकाे हाे ।

क्याप्टेन महेश्वरी डंगोलले चलाईरहेको विमानमा ८० जना यात्रु रहेका थिए । जहाज रन वेबाट बाहिर पुगेपछि यात्रुहरुलाई बाहिर निकालिएको र उनीहरुलाई अर्को विमानबाट नेपालगञ्ज पठाउने तयारी भईरहेको विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्