१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती


0
Shares

सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ । जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो ।

कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् । कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गरेको छ ।

आलोपालो लगाउँदा एउटा स्थानीय तहको १५ दिनपछि मात्रै पालो आउँछ । पालो परेको दिनमा पनि थेगिनसक्नु घुइँचो हुने गरेको छ । उता, कोरोना संक्रमणका कारण बीचमा केही महिना सेवा प्रवाह बन्द भएकाले अहिले एकैपटक सेवाग्राहीको घुइँचो बढ्न गएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो ।