२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ट्राभल्स एजेन्सीको लापरावाहीका कारण गौरीफन्टा नाकामा भारतबाट आएका यात्रु अलपत्र


0
Shares

बिराज रोस्यारा,

कैलाली । कैलालीसँग जोडीएको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा भारतबाट आइपुगेका यात्रु अलपत्र परेका छन । भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन ।

गन्तव्यसम्म पुर्याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्याएपछि नेपाली अलपत्र परेका हुन ।

दीपायलसम्म पुर्याउने भन्दै दुई हजार ५ सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छोडेको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गज्जु बोहराले बताउनुभयो । उहाँसँग मात्रै भारतबाट ८० जना भन्दा बढी यात्रु नेपाल आएका थिए ।

यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउन नसकेको दाबी गरेको छ । ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुर्याएको बताउनुभयो ।

भारतीय प्रहरी लगायतकालाई पैसा दिँदा खर्च बढी भएको बताउँदै उहाँले भारतबाट आएका यात्रुलाई गन्तब्य सम्म पुर्याउन नसकिएको बताउनुभयो ।