१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन तालिका फेरि प्रभावित भएको छ ।

कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन सोमबारसम्म टुंग्याउने निर्णय गरेको भए पनि १४ जिल्लाको मात्र अधिवेशन सकिएको निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो ।

सोमबार हुन नसकेका जिल्लामा दशैंपछि मात्र अधिवेशन गर्ने निर्वाचन समितिले जनाएको छ । ६ हिमाली जिल्लाले नयाँ नेतृत्व चयन गरिसकेका छन् । हुम्ला, मुस्ताङ, मनाङ, पूर्वी रुकुम, संखुवासभा र कालिकोटको अधिवेशन सकिएको छ ।

हिमाली जिल्लामा ताप्लेजुङ, संङखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखा, रुकुम (पूर्व) र म्याग्दी छन् ।

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।