
काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुन तोलामा ५ सयले बढेको छ ।
सुनको मूल्य मंगलबार तोलामा ९० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेर ११ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस १७ सय ५८ डलर र चाँदी २२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्