
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरूले उम्मेदवार हुन पाउने जनाएको हो ।
कांग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जारी गरेको परिपत्रमा महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा मात्र यो व्यवस्था लागू हुनेछ ।
सोमबार गोरखाको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजितलाई जिल्ला कार्यसमितिको उम्मेदवार बन्न निर्वाचन अधिकृत रोक लगाउन खोजेपछि उक्त निर्णय गरिएको यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्