
बर्दिया । दशैं मनाउन घर गएका एक जनाको नदीमा डुबेर मृत्यु भएको छ । थप एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बागलुङका हुकुम विक रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
यस्तै, नदीमा परेर जिल्लाको बारबर्दिया नगरपालिकाका लेखनाथ पौडेल बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरू नदीमा नुहाउन गएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्