१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध


0
Shares

म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रे भीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँँबाट फर्कने यात्रुहरू अलपत्र परेका छन् ।

गएरातिको वर्षा कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । अहिले सडक मर्मतको काम भइरहेको भए पनि सडक सञ्चालनमा आउनेबारे अन्योल छ ।

सामान्य वर्षा हुँदा पनि माटो र लेदो सहितको पहिरो खसेर बाटो लगाउँदा दुर्घटनाको उच्च जोखिम रहेको स्थानीय श्याम खत्रीले बताउनुभयो ।