
परासी । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यले सीमा नाकाको आवागमनलाई सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।
कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा मंगलबार अमर प्रहरी स्मारकको उद्घाटनमा डिआइजी आचार्यले जाँचका नाममा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिनुभयो ।
चाडपर्व नजिकएकाले भारतबाट नेपाल आउने नागरिकहरूको चाप बढ्ने भएकाले शान्ति सुरक्षाको प्रत्याभूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन पनि उहाँले मातहतका प्रहरीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्