
चितवन । बाघको आक्रमणपछि बेपत्ता युवकको शव भेटिएको छ ।
मंगलबार दिउँसो १ बजे पूर्वी चितवनको खैरहनी–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र घाँस काट्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरेको स्थानदेखि १ सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
घाँस काट्न गएका बोटेलाई आक्रमण गरेको खबर पाए लगत्तै ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उनको खोजी गरेको थियो ।
सम्बन्धित समाचार
चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता
प्रतिक्रिया दिनुहोस्