१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ सय ६८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ सय ६८ संक्रमित थपिएका छन् । १६ हजार ४२ जनाको परीक्षण गर्दा ६ दशमलव १ प्रतिशतमा मात्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ११ हजार ५ सय ८२ जनाको पीसीआर परीक्षणमा ७ सय ६२ अर्थात् ६ दशमलव ५८ प्रतिशतमा संक्रमण देखिएको हो । थपिएकामा काठमाडौंका २ सय ३१, झापाका ६९, मोरङ्गका ६३, ललितपुर र रुपन्देहीका समान ४१ तथा भक्तपुरका ३० जना हुन् ।

११ सय १४ संक्रमितलाई निको भएको छ । ६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० पुगेको छ । हाल १६ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ३ सय ३५ जना आईसीयूमा र १ सय २२ जना भेन्टिलेटरमा रहेका छन् ।

थप १ लाख ३२ हजर ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६४ लाख ९ हजार १ सय ९६ जनाले पूर्ण तथा ७९ लाख १३ हजार ५ सय ५५ जनाले पहिलो डोज खोप लगाएका छन् । खोपलाई तिव्रता दिन थालेसँगै निको हुने दर बढेर ९६ दशमलव ६ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।