१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अष्ट्रेलियाद्वारा २०२२ सम्म बाह्य पर्यटक प्रवेशमा रोक


0
Shares

एजेन्सी । अष्ट्रेलियाले सन् २०२२ सम्म बाह्य पर्यटक प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासी र विद्यार्थीलाई भने अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताउनुभयो ।

अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ ।

गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गर्नुभएको थियो ।

गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्वपूर्ण निर्णय थियो ।