
एजेन्सी । ताइवानकी राष्ट्रपति त्साई इङ वेनले आफ्नो देशलाई चीनले कब्जा गर्न खोजे एसियाको शान्ति र प्रजातन्त्रमा विनाशकारी परिणाम हुने बताउनुभएको छ ।
राष्ट्रपति वेनले ताइवानले सैन्य टकराव नचाहेको समेत बताउनुभयो । यद्यपि आफ्नो रक्षाको लागि आवश्यक कदम भने ताइवानले उठाउने उहाँको भनाइ छ । चीनले ताइवानमाथि दबाब बढाइरहेको समयमा ताइवानकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।
चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । पछिल्लो चार दिनमा चीनका करिब डेढ सय चिनियाँ फाइटर विमान ताइवानको हवाइ रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । चीन र ताइवानको विवादमा अन्य मुलुकले पनि चिन्ता व्यक्त गरेका छन् ।
चीनले भने यो क्षेत्रमा अमेरिका र उसका सहयोगी मुलुकको युद्धपोतको कारण समस्या उत्पन्न भएको बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्