१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ, नाै वटा सवारी नियन्त्रणमा


0
Shares

स्याङ्जा । प्रहरीले मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ गरेको छ ।

सवारी चोरीको आरोपमा स्याङ्जाको भीरकोट–२ का विप्लव श्रेष्ठ र ज्ञानबहादुर गुरुङ, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का बिष्णुबहादुर नेपाली र बुटवल–११ का प्रकाश सिन्धौली सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ७ थान मोटरसाइकल र २ थान स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।