६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रुसमा कोरोनाबाट एकैदिनमा आठ सय ९५ को मृत्यु, अहिलेसम्मकै धेरै


0
Shares

एजेन्सी । रुसमा एकैदिन कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । रुसी अधिकारीहरुका अनुसार कोरोनले एकैदिन ८ सय ९५ जनाको मृत्यु भएको हो ।

जुन रुसमा कोरोना महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै हो । रुसमा एकैदिन २५ हजार १ सय बढी संक्रमित थपिएका छन् । कोरोना संक्रमितहरु राजधानी मस्कोमा बढी छन् ।

भौतिक दुरीमा बेवास्ता, मास्क प्रयोग नगर्नु र स्वास्थ्य मापदण्ड नअनाउँदा संक्रमितको संख्या बढेको भन्दै रुस सरकारले कडा नीति अवलम्बन गर्ने बताएको छ ।

केही समय अघि फुकुवा गरिएको लकडाउनले पनि संक्रमितको संख्या ह्वातै बढाएको बताईएको छ । रुसमा कोरोनाका कारण अहिलेसम्म २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ भने ७६ लाख ३७ हजार ४ सय संक्रमित भएका छन् ।