२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश २ का मूख्यमन्त्री राउतले आज विश्वासको मत लिने

राउतलाई जसपा, कांग्रेस र माओवादीको समर्थन

0
Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएको अवस्थामा उनले संविधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ । १०७ सदस्यीय प्रदेशसभामा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने संभावना छ ।

प्रदेश सभामा जसपाबाट विभाजित भई गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका १६ जना सांसद छ भने नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । उनीहरुले भने राउतको विपक्षमा मत दिने प्रबल संभावना छ । लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्री राउतको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।