१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कपिलवस्तुकाे शिवराज अस्पतालमा झाडाबान्ताका बिरामीकाे भिड


0
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडा बान्ताका बिरामीको संख्या बढ्दै गएको छ । गत सोमवारदेखि फैलिएको झाडा बान्ताका बिरामी बढदै गएपछि बिरामीको उपचार गर्न कठिन भएको छ ।

प्रादेशिक अस्पताल बुटवलबाट दुई जना चिकित्सक मंगलवार राती शिवराज अस्पताल पुगेर बिरामीहरूको परिक्षण तीव्र बनाए पनि रोग नियन्त्रण गर्न हम्मेहम्मे भएको हो ।

एक सय ५० भन्दा बढी विरामी शिवराज अस्पतालमा उपचार गराउन आएकोमा ३५ जनालाई प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको शिवराज अस्पताल प्रशासनले जनाएको छ । यस्तै निजी क्लिनिकहरूमा पनि सयौंको संख्यामा उपचार भईरहेको छ । झाडा बान्ताबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।