२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


आज ६६ औँ प्रहरी दिवस मनाँईदै


0
Shares

काठमाडौं । नेपाल प्रहरीले आज ६६ औँ प्रहरी दिवस मनाउदैछ । विक्रम संवत २०१२ सालमा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको हो ।

२०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन सुरु गरिएको हो । कानुनी रुपमा नेपाल प्रहरीले आधिकारिता पाएको आज ६६ वर्ष पुगेको छ ।

प्रहरी दिवसको अवसरमा नेपाल आमाका सपुतहरु, अमर प्रहरीलाई सम्झना गर्ने, सम्मान गर्ने, परिवारलाई सम्मान गर्ने, आफ्नो कर्तव्य पालनका सिलसिलामा घाइते भएका प्रहरी कर्मचारी पूर्वजहरु तथा वर्तमानहरुको सम्मान गर्ने गरिएको छ ।

प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ ।