१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलिदेखि कोजाग्रत पूर्णिमासम्म सर्वाेच्च अदालत बन्द हुने, बन्दीप्रत्यक्षीकरणकाे रिट भने लिइने


0
Shares

काठमाडौं । सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ । बडा दसैँको अवसर पारेर भोलि (विहीबार) देखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालत बन्द हुने भएको हो ।

अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी दिनु भएकाे छ । ढकाकाअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने छ ।