८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनकुटाका स्थानीय तहमा बजार अनुगमन सुरु


0
Shares

धनकुटा । चार्डपर्व नजिकिएसँगै धनकुटामा स्थानीय तहले समेत बजार अनुगमन सुरु गरेका छन् ।

ठूला व्यापारिक शहरबाट चाडपर्वको समयमा अखाद्य वस्तु बढी मात्रामा ग्रामीण बजारमा भित्रने भन्दै स्थानीय तह आफैँले बजार अनुगमन गर्न थालेका हुन् ।

गाउँपालिकाको प्रशासन शाखा, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि, लगायतका सरोकार निकायले ग्रामीण बजारमा समेत अनुगमन सुरु गरेका हुन् ।

अनुगमनको क्रममा म्याद नाघेका खाद्यसामग्री, लेवल नटासिएको खाद्य सामग्री बढी मात्रामा पाइएको र त्यस्ता वस्तु जफत गरी डिस्पोज गरिएको अनुगमन समितिका संयोजक छथरजोरपाटी गाँउपालिकाका प्रशासन शाखा प्रमुख नेत्र श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय ठूला बजार क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढी अखाद्य वस्तु पाउने गरिएको खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख खाद्य निरीक्षक सुशील कोइराला बताउनुभयो ।