१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यूरोडका पाँच पसललाई कारबाही


0
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसललाई कारबाही गरेको छ । पसलहरू नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसललाई विभागले कारबाही गरेको हो ।

कारबाहीमा परेका तीन वटा पसलले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले जानकारी दिनुभयो ।

निरीक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरूमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।

सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरूले ग्राहकलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरूको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ ।