२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सेयर बजारमा दोहोरो अंकको सुधार


0
Shares

काठमाडौं । सेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार आएको छ ।

नेप्से ६८ अंकले बढेसँगै परिसूचक २६ सय ८१ पुगेको छ । कारोबार रकम भने साढे चार अर्बमा सीमित रह्यो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि १२ अंकको सुधार आउँदा ५ सय ४ विन्दुमा पुगेको छ ।

सबै उपसूचक हरियो रहँदा सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीमा ४ सय ६ अंकले उकालो लागेको छ । लघुवित्त समूहमा २ सय ९६ अंकको सुधार आउँदा जीवन बीम समूहमा २ सय ५७ अंकको सुधार आएको छ ।

यस्तै उत्पादन २ सय ४३, विकास बंैक २ सय २४, वित्त समूहमा १ सय ४३ अंकले वृद्धि भएको छ । यसैगरी जलविद्युत् ९२, व्यापार ६३, अन्य ३१, होटल तथा पर्यटन समुहमा २८ र वाणिज्य बैंक समुहमा २३ अंकको सुधार आएको छ ।

आज १ सय ८० कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मात्र मूल्य घटेको छ । बुधबार २ सय २७ कम्पनीको ८१ लाख भन्दा बढी कित्ता सेयर ४ अर्ब ५० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।