
काठमाडौं । प्रकाश दाहाल दोस्रो स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने भएको छ ।
नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरूबाट सहभागी हुने खेलाडीहरू यसअघि संघले आयोजना गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी भएको हुनुपर्ने मापदण्ड रहेको जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ ४८ देखि ९२ र त्योभन्दा माथिको तौल समूहमा खेल हुनेछन् भने महिलातर्फ ४८ देखि ६६ किलो तौल समूहमा खेल खेलाइने छ ।
प्रत्येक तौल समूहका विजेतालाई कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिए पनि प्रायोजक बढेको खण्डमा राशी बढाइने अवालेले बताए ।
प्रवक्ता अवालेले प्रतियोगितालाई पछि हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटको आधारको रूपमा लिइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्