
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले कसैसँग सम्झैता गर्न नहुने बताउनुभएको छ ।
६६ औं प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा पोखरामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रहरीले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले हरेक क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो ।
पोखरेलले शान्ति सुरक्षासँगै महामारीजन्य प्रकोपमा पनि नेपाल प्रहरी अहोरात्र खटिएको बताउनुभयो । प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले देश, जनता र संगठनको गरिमा उचो हुने गरी नेपाल प्रहरीले योगदान दिँदै आएको बताउँदै अग्रजको प्रेरणा, कर्तव्यपरायणता र गौरवमय इतिहासलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्