१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


प्रदेश एकमा विद्युत् प्रसारण र वितरणको मेरुदण्ड तयार भयो– कुलमान घिसिङ


0
Shares

kulman retire from nea government undecided

धनकुटा । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले प्रदेश एकमा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताउनुभयो ।

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले प्रसारण लाइनले प्रदेश एकमा भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनुका साथै अन्तर्राष्ट्रिय स्तरमा बेच्नसमेत सक्ने बताउनुभयो ।

कोसी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उहाँले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने दाबी समेत गर्नुभयो ।

१३ अर्ब २१ करोड बराबरको प्रसारण लाइन निर्माण आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकमार्फत दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । एक्जिम बैंकबाट १ अर्ब ६२ बराबरको सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोसी करिडोर प्रसारण लाइन आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करिब १ हजार मेगावाट, ताप्लेजुङ्गको ढुंगेसाँघु्देखि बसन्तपुरसम्म १ हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत प्रसारण गर्न सकिने आयोजनाले जनाएको छ ।
साथै एक नम्बर प्रदेशका जिल्लाहरूमा विद्युत् विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ ।