४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिस्ट र म्याकमिलानलाई


0
Shares

एजेन्सी । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरूलाई नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । नयाँ तरिकाले औषधि क्षेत्रमा अनुसन्धानको लागि पनि सहयोग पुग्ने अपेक्षा छ ।

यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।