१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बालुवाटारमा कांग्रेसको पदाधिकारी बैठक, पौडेलले दुई र सिटौलाले एक मन्त्री पाउने


0
Shares

congress meeting

काठमाडौं । आलोचना भएपछि सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नबसाउने बताउनुभएका शेरबहादुर देउवाले आफ्नै वचन विरुद्ध पदाधिकारी बैठक गरिरहनुभएको छ ।

बैठकमा पार्टीको तर्फबाट मन्त्री बन्ने थप नेताको नाम टुङ्गो लगाउन छलफल भइरहेको छ । बैठकमा पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेता सहभगी हुनुहुन्छ ।

पदाधिकारी बैठकअघि पौडेल र सिटौला पक्षका नेताहरूले छुट्टाछुट्टै छलफल गरेका थिए । पौडेल पक्षको बैठक पौडेल निवास बोहराटारमा र सिटौला पक्षको बैठक जमलमा बसेको थियो । सभापति देउवाले पौडेल पक्षलाई मन्त्रीको लागि दुईजना नेताको मात्रै नाम दिन आग्रह गर्नुभएको छ ।

सिटौला पक्षले एकजना मात्र मन्त्री पाउने देखिएको छ । कांग्रेसबाट यसअघि राज्यमन्त्रीसहित ३ जना मन्त्रीमा नियुक्त भइसकेका छन् । कांग्रेसको कोटामा अब ४ मन्त्रालय बाँकी छ । मन्त्री बन्न ६ जना बढीले आकांक्षा राखेका छन् । सत्तारुढ घटकहरूबीच मंगलबार मन्त्रालयको भागबण्डामा सहमति जुटेको थियो ।