
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल भोलि (बिहीबार) भारत भ्रमणमा जाने भएको छ ।
सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि कांग्रेसका सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।
भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा भारत जान लागेको प्रतिनिधिमण्डलमा नेताहरू उदयशमशेर जबरा र अजय चौरसियासमेत रहनु भएको छ ।
भारतीय जनता पार्टी र सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भेटगरी दुई पार्टी बीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पु¥याउने गरी भारत भ्रमण जान लागेको कांग्रेस महामन्त्री डा. महतले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्