
काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले एमसीसी नेपालको हितमा भए राष्ट्रिय सहमतिबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार बैठकमा मन्त्री खड्काले एमसीसी राष्ट्रिय सहमतिबाट नै अगाडि बढाउनुपर्ने बताउनुभयो ।
एमसीसी माओवादी र कांग्रेसको गठबन्धन सरकार भएका बेला तत्कालीन अर्थमन्त्रीले हस्ताक्षर गरेको स्मरण गराउँदै मन्त्री खड्काले राष्ट्रिय हितमा छ कि छैन भनेर त्यसअघि किन अध्ययन नगरिएको भन्दै प्रश्न गर्नुभयो ।
सहमतिपछि ७ वटा परराष्ट्रमन्त्री फेरिइसकेको भन्दै उहाँले नेपालको हितमा नभए अमेरिकालाई स्पष्ट पार्नुपर्ने बताउनुभयो । एमसीसीबारे मुलुकभर अनावश्यक र गतल सूचना प्रवाह भइरहेको मन्त्री खड्काको भनाइ छ ।
उहाँले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने अन्तर्राष्ट्रिय विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा ठोस अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा दिँदै अबको परराष्ट्रनीति नजिकका छिमेकी र अन्य मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्