२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बालुवाटारकाे जग्गामा एक पैसा हिनामिना गरेको प्रमाणित भए फाँसीमा झुण्डिन तयार छु– गच्छदार

ओलीले प्रतिशोध साँधेर मुद्दा दर्ता गराएको आरोप

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दावी गर्नुभएको छ ।

बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको बताउनुभयो । उहाँले आफू निश्कलंक रहेको पनि पटक–पटक दोहो¥याउनु भयो ।

उपसभापति गच्छदारले भन्नुभयो, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौति छ–राज्यसँग ।’

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको आरोपसमेत लगाउनुभयो ।