२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दशैँका लागि जनकपुरका शक्तिपीठहरू सजावट

राजदेवी मन्दिरको सजावट र पूजा व्यवस्थापनका लागि १० लाख खर्च

0
Shares

जनकपुरधाम । बिहिबारबाट सुरु हुने बडा दशैंका लागि जनकपुरधामका विभिन्न शक्तिपीठहरू सजाइएको छ ।

राम मन्दिर परिसरभित्र रहेको, राजा जनकका कुलदेवी भनिएकी राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दूर्गाको प्रतिमा स्थापना गरी नौ दिन पूजा गर्न शक्तिपीठहरू सजाइएको हो ।

पूजा गरिने स्थानहरूमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । सजावट र पूजा व्यवस्थापनका लागि मात्र १० लाखभन्दा बढी खर्च हुने महावीर युवा कमिटीले जनाएको छ ।

मन्दिरमा परारम्पगत रूपमा हुने गरिएको पुजाको साथै तान्त्रिक विधिबाटसमेत पूजा हुने गरेको छ । तान्त्रिक विधिअनुसार पूजा हुने भएकाले दशैंभर महिलाहरूलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्चित गरिने मुलपुरोहित गणेश झाले बताउनुभयो ।