२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मन्त्रीको नाम टुङ्ग्याउन जसपा बैठक जारी


0
Shares

काठमाडौं । सरकारमा पठाउने नामावली टुङगो लगाउन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।

बिहान ८ बजेदेखि सिंहदरबारस्थितजसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बसिरहेको स्रोतले बताएको छ ।

जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएपनि इस्तियाक राई र अम्रिता अग्रहरिमध्ये एकजना र अन्य एक जनाको नाम टुंगो लगाउन बाँकी रहेकाले शिर्ष नेताहरु छलफलमा जुटेका हुन ।

जसपाले मन्त्री छान्न शीर्ष तीन नेतालाई जिम्मेवारी दिएको थियो ।