१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति, लाखौं बालबालिकाको ज्यान बचाउन सकिने


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकी देशहरुमा मलेरिया विरुद्धको खोपलाई स्वीकृति दिएको छ । धेरै बर्षको प्रयासपछि तयार पारिएको यो खोपको स्वीकृतिसंगै अफ्रीकी मुलुकका बालबालिकाले घातक रोग मलेरियाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

डब्ल्युएचओले खोपको स्वीकृतिलाई ऐतिहासिक सफलता भनेको छ । अफ्रिकामा मलेरियाका कारण सबैभन्दा धेरै मानवीय क्षति हुने गरेको छ । आरटिएस–एस नाम गरेको खोप ६ वर्ष पहिले नै प्रभावकारी प्रमाणित भएको भएपनि खोपले बल्ल स्वीकृति पाएको हो ।

डब्लुएचओले खोप सब–सहारा अफ्रिकी क्षेत्रसँगै मलेरियाको संक्रमण दर उच्चदेखि मध्यम रहेका अरु क्षेत्रमा पनि खोप लगाउन सकिने बताएको छ ।

डब्लुएचओका प्रमुख डा. ट्रेडरोज आह्नोम गेब्रेयेसस्ले बालबालिकामा मलेरियाविरुद्धको खोपले स्वीकृति पाउनु विज्ञान, बाल स्वास्थ्य र मेलेरिया नियन्त्रणका लागि कोशेढुंगाा सावित हुने बताउनु भएको छ ।

सन् २०१९ मा मलेरियाका कारण अफ्रिकामा दुई लाख ६० हजारभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

विश्वमा हरेक वर्ष २२ करोड ९० लाख मानिस मलेरियाबाट संक्रमित हुने गरेका छन भने त्यसमध्ये ९४ प्रतिशत संक्रमित अफ्रिकीहरु हुने गरेका छन् ।