
तस्बिर फाइल
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन् । गत मंगलबार रातिदेखि झाडा पखालाको संक्रमण शुरु भएकोमा हिजो एकै दिन एक सय बढी बिरामी थपिएका छन् ।
अहिलेसम्म छ सय बढी बिरामी अस्पताल भर्ना भएका छन् । उपचार गरी डिस्चार्ज गरिएका बिरामीहरु पनि सिकिस्त बिरामी परेर अस्पताल भर्ना भएका छन् ।
जिल्लाको शिवराज अस्पतालले चाप थाम्न नसकेपछि नजिकैको महेन्द्र माध्यमिक विद्यालयमा राखेर उपचार गरिएको छ ।
बिरामीको चापलाई व्यवस्थित गर्न अस्पताल पुगेका बिरामीलाई सामान्य, मध्यम र जटिल गरी तीन वर्गमा छुट्याएर उपचार गरिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्