
काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस महाधिवेशनमा शिक्षकहरुलाई प्रतिनिधि नबनाउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनले शिक्षक, कर्मचारी र प्राध्यापकलाई प्रतिनिधि नबनाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
सुनिल बोहोराले दायर गरेको रिटमा न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो।
रिटमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गतका अधिवेशनबाट प्रनिनिधि छनौट भएका हटाउन र प्रतिनिधि बन्ने/बनाउने कार्यलाई रोक्न अन्तरिम आदेश माग गरिएको थियो। अन्तरिम आदेशबारे छलफलका लागि कार्तिक ७ मा पेशी तोकी दुबै पक्षलाई बोलाउने आदेश गरिएको छ।
त्यस अबधिसम्म उनीहरुलाई राजनीतिक गतिबिधि नगर्न अन्तरकालिन आदेश जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्