१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्री छान्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी


0
Shares

काठमाडौं । मन्त्री छान्नका लागि नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ ।

नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा जारी बैठकमा पार्टीका केही गतिविधि र मन्त्रिपरिषद्को बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य विरोध खतिवडाले जानकारी दिनुभयो । यसअघि टुंगो लगाइएको लिस्टमा फाइनल गर्नका लागि अहिले बैठक बसिरहेको उहाँको भनाइ छ ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी छलफल गरिसकेको छ । बैठकमा नेपाली कांग्रेसले ७, नेकपा (माओवादी केन्द्र) ले ६, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) ले समान ४–४ वटा मन्त्रालय पाउने सहमति भएको थियो ।

तर, नेपाल पक्षले आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । सरकारले सकेसम्म बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएको छ ।