१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटा प्रहरीद्वारा नक्कली नोटको कारोबारमा संलग्न छ आरोपी पक्राउ


0
Shares

विकास घिमिरे
धनकुटा । नक्कली नोटको कारोबारमा संग्लन भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–१ का २६ पर्षीय विशाल तामाङ, ताप्लेजुङ्गको पाथिभरा याङ्गवरक घर भई धनकुटा बस्ने २६ वर्षीय छितेन तामाङ, धनकुटाकै २४ वर्षीय सोनम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–८ का २६ वर्षीय सुमन खड्का, महालक्ष्मी नगरपालिका ९ का २४ वर्षीय तुलसी तामाङ र महालक्ष्मी नगरपालिका–९ का २१ वर्षीय विकास तामाङलाई पनि प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

मुलघाटमा प्रहरी जाँचको क्रममा असोज ११ गते ३२ हजार नक्कली नोट सहित पक्राउ परेका छितेन तामाङ र विशाल तामाङको बयानको आधारमा अन्य चार जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

प्रहरीले छितेनको साथबाट २८ हजार, विशालको साथबाट ५ हजार र उनीहरूले फालेको २ हजार र सोनाम तामाङ्गको घरबाट फेला परेको ६५ वटा हजारका नक्कली नोटसमेत बरामद गरेको छ । साथै काठमाण्डौंबाट पक्राउ परेका १ जना आरोपीसँग छानबिन जारी रहेकोले विवरण नखुलाइएको रायले बताउनुभयो ।

नक्कली नोट लागु औषध कारोबारमा प्रयोग गर्ने गरेको पक्राउ परेकाहरूले बयान दिएको समेत प्रहरीले जनाएको छ । उनीहरूलाई मुद्रा सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।