
काठमाडौं । नेपाली कांग्रेसभित्रको गुटगत असझदारीका कारण आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।
आफूहरूलाई दिएको मन्त्रालयको संख्याप्रति कांग्रेसको पौडेल समूहले असन्तुष्टि जनाएपछि बिहीबार पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो ।
कांग्रेस भित्रको विवाद समाधान भइ मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि देउवाले पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक मन्त्रालय दिने बताउनुभएको थियो । तर पौडेले पक्षले भने तीन मन्त्रालयको माग गर्दै आएको छ ।
यसअघि आफूहरूलाई दिने भनिएको मन्त्रालयको संख्याबारे नेकपा (एकीकृत समाजवादी)ले असन्तुष्टि व्यक्त गर्दै आए पनि बिहीबार बसेको गठबन्धनको बैठकपछि समस्या समाधान भएको छ ।
यसअघि एकीकृत समाजवादीले राज्यमन्त्रीसहित ६ वटा मन्त्रालयको माग गरेको बुझिएको छ । प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिइने भएसँगै उसले केन्द्रमा चारवटा मन्त्रालयमा चित्त बुझाउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्