
एजेन्सी । साफ च्याम्पियनसिप फुटबलमा आयोजक माल्दिभ्सले पहिलो जित निकालेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै माल्दिभ्सले फाईनल पुग्ने संभावना जिवित राखेको हो ।
माल्दिभ्सको जितमा हाम्जा मोहमद र अलि अस्फाकले एक एक गोल गरे । यो जितसँगै माल्दिभ्सले २ खेलबाट ३ अंक जोडेको छ । माल्दिभ्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
समान खेलबाट ६ अंक जोडेको नेपाल शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको बंगलादेशको ४ अंक छ । जारी साफमा भारतको निराशाजनक प्रदर्शन भने यथावत छ ।
पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारत हिजो भएको दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो । लगातार दुई बराबरीपछि उपाधि दावेदार मानिएको भारत दबाबमा आएको छ । प्रतियोगिताको तेस्रो खेलमा भारतले आइतवार नेपालसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्