
तस्बिर फाइल
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आजबाट कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने भएको छ ।
महानगरपालिकाका ३२ वटै वडामा भोलि १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्