३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अमेरिकाले ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा


0
Shares

एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ ।

अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो ।

ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन अमेरिकी अधिकृतहरु संलग्न रहेको पनि सो पत्रिकाले जनाएको छ ।

ताइवानी भूमिमै तालिम दिइएको र तालिम दिने अमेरिकी सैन्य अधिकृतहरु पालैपालो सहभागी हुने गरेको पनि रोयटर्स न्युज एजेञ्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ ।

तालिम कहिलेदेखि संचालन भईरहेको हो भन्ने विषयमा यकिन नगरिए पनि अमेरिकामा जो बाइडेनले ह्वाइटहाउसको जिम्मेवारी सम्हाल्नु अघिदेखि नै तालिम शुरु भएको जनाइएको छ ।