
एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा ब्राजिलले लगातार नवौं जित निकालेको छ ।
आज बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ ले हराउँदै ब्राजिलले शत प्रतिशत जितको यात्रालाई निरन्तरता दिएको हो ।
दक्षिण अमेरिकी समूहकै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी पेरुले चिलीलाई २–० ले हराउँदा इक्वेडरले बोलिभियामाथि ३–१ को जित निकाल्यो ।
आज बिहानका खेलहरुपछि लेटिन अमेरिकी समूहको छनौटमा ९ खेलबाट २७ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा यथावत छ । समान खेलबाट १९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेका इक्वेडर र उरुग्वे १६–१६ अंकको साथ तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।
पाँचौ स्थानको कोलम्बियाको १४ अंक छ । विश्वकप छनौटको दक्षिण अमेरिकी समूहमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूहका शिर्ष ४ टोली सोझै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ टोलीले प्ले अफ खेल्ने अवसर पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्