२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुविण्डेमा २ सय ५२ जनाको स्वास्थ्य परीक्षणसहित औषधि वितरण


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डेमा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ ।

राेक्पा नेपाल बौद्धको आयोजना र मदन नेपालको सहयोगमा कुविण्डेका २ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपाली कांग्रेसका वडा सभापति ८२ वर्षीय दुर्गाबहादुर गिरीको स्वास्थ्य जाँच गरी कार्यक्रमको सुरुवात गरिएको थियो । शिविरमा बिरामीहरुका लागि आवश्यक औषधिसमेत निशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य परीक्षणबाट आफू लाभान्वित भएको स्थानीयले बताएका छन् । कांग्रेस क्षेत्रीय प्रतिनिधि चन्द्र ढुंगानाले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।