
काठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचनबाट रामसिंह रावलले ६०५ मत ल्याएर सभापतिमा वियजी हुनुभएकाे हो ।
उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६ मत ल्याउनुभएको छ । कुल खसेको ११८२ मत मध्ये ११ मत बदर भएका छन् । रावलले ३९ मतले पण्डितलाई जित्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्