२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ताजा जनादेशमा जाने विषयमा सरकारका प्रतिनिधिसँग छलफल जारी छ– प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच वन टु वन वार्ता नभए पनि सरकारका प्रतिनिधिसँग ताजा जनादेशमा जानेबारे छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरेमा प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने प्रवक्ता ज्ञवालीले बताउनुभयो । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकास पाउनेसमेत उहाँको दावी छ ।

प्रवक्ता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको सरकार विभिन्न स्वार्थहरूको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने जिकिर गर्नुभयो ।