
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुहुनेको भएको छ ।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उहाँका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष पठाएको सूचीमा हमालको पनि नाम समावेश गरिएको स्रोतले बताएको छ ।
लामो प्रतिक्षा र विवादपछि दलहरूले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् । मन्त्रिपरिषद्मा २५ सम्म सदस्य हुन सक्ने संवैधानिक व्यवस्था भए पनि सरकारसँग २१ मन्त्रालय छन् ।
त्यसैले एक प्रधानमन्त्री र तीन राज्यमन्त्रीबाहेक मन्त्रिपरिषद्मा २१ मन्त्री हुन् सक्छन् । यसमध्ये कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४–४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । बाँकी एउटा मन्त्रालय हमाललाई दिइएको हो ।
हमाल वा कुनै अज्ञात प्रतिनिधिलाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री देउवाजस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवको सहमति छ ।
प्रतिक्रिया दिनुहोस्